Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन जनाको बयान लिइयो


    मंगलबार, जेष्ठ १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन जनाको बयान लिइएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिइएको हो ।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जना प्रतिवादीले बयान दिएका हुन् । जिल्ला अदालत काठमाडौंमा जेठ १२ देखि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान लिन थालिएको हो ।

    ३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् । पक्राउ परेका १७ मध्ये अहिलेसम्म ८ जनाको बयान लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार