काठमाडौँ। आज गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदीबन्दी जेलमुक्त भएका छन्। विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका १९ जनाले असल चालचलनको आधारमा बाँकी सजाय माफी पाएका हुन्।
वीरगन्ज कारागारबाट रिहा हुनेहरमा कर्तव्य ज्यान मुद्दाका सातजना, सवारीसाधन मुद्दाका दुईजना, चोरी मुद्दाका तीनजना, हातहतियार खरखजाना मुद्दाका दुईजना तथा ज्यान मार्ने उद्योग, आपराधिक लाभ, सवारी ज्यान उद्योग तथा अंगभंग, लागुऔषध र विनाइजाजत वन पैदावार हानि–नोक्सानी मुद्दाका एक–एकजना रहेका छन्।
कर्तव्य ज्यानका सातजना कैदीबन्दीमध्ये पाँचजनालाई आममाफी भएको वीरगन्ज कारागारका निमित्त जेलर नवराज बर्तौलाले बताए। उनले रिहा भएका कैदीबन्दीलाई फूलमाला र टीका लगाएर बिदाइ गरेका थिए।
१६औँ गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेकामध्ये पाँच सय एक कैदीको सजाय माफी दिएका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend