Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला


    आइतबार, जेष्ठ १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। कास्की जिल्लाको पोखरा महानगरपालिका २२ स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक जनाको शव आज सशस्त्र प्रहरीले फेला पारेको छ।

    सोही जिल्लाको अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने ६१ वर्षीय मीनबहादुर गुरुङको शव भेटिएको हो।

    शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोताखोर र फेवा रेस्क्यु टावरमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी, नेपाली सेना र स्थानिय प्रहरीको संयुक्त टोलीले खोजीकार्य गर्दा खोलाको १५ फिट गहिराइबाट बाहिर निकालेको हो।

    उनको शव पाेस्टमार्टमको लागि गण्डकी अस्पताल कास्कीतर्फ पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार