काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। ओलीले निर्दोषलाई फसाउन खोजिएको भन्दै दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाएका हुन् ।
सरकारको नीति तथा कार्यक्रममाथि आज संसदमा भएको छलफलमा महामन्त्री शर्माले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दलको नेताले दोषीलाई उम्काउने खोजिँदै भन्ने आशंकामा राज्यले ध्यान देला नै। तर, उहाँले निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य प्रयोग गर्नुभयो। यही रोष्ट्रमबाट। को दोषी को निर्दोष प्रहरीले छानबिन गर्दैछ। यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं।’
कांग्रेस नेताहरु विगतमा जेल परेको र अहिले पनि मुद्दा सामना गरिरहेको भएपनि को निर्दोष को दोषी नभनेको महामन्त्री शर्माले बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने समय नभएको उल्लेख गरे ।
उनले भने, ‘भ्रष्टाचारको फाइल खोलेको बेला बधाइ छ सरकार भन्ने समय हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने समय होइन ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend