काठमाडौँ। ‘ड्राइ फ्रुट्स’मध्ये काजु निकै स्वादिलो खानेकुरा हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक पनि छ । ड्राई फुट्सको कुरा गर्दा काजु अत्यधिक खाइनेमध्येमा पर्छ । यसको प्रयोग खानादेखि मिठाइसम्ममा गरिन्छ ।
काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ भने यसलाई ड्राइ फ्रुट्स’को राजाको रूपमा लिइन्छ । काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो । काजु खाँदा हुने फाइदा अनेकौँ छन् ।
काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमको राम्रो स्रोत हो । दैनिक काजु खाने मानिसको शरीरमा क्याल्सियम, जिंक र म्याग्नेसियमको कमी हुँदैन ।
हेर्नुहोस् यस्ता छन् काजुका फाइदा :-
-काजु खाँदा हड्डी बलियो हुन्छ । काजुमा क्याल्सियम र म्याग्नेसियम पाइन्छ जुन हड्डीका लागि फाइदाजनक हुन्छ ।
-काजु खाँदा शरीरमा ग्लुकोजको मात्रा नियन्त्रणमा रहन्छ । त्यसैले काजु मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।
-जो मानिसले दैनिक सीमित मात्रामा काजु खान्छ, उनीहरुको पाचन क्रिया राम्रो हुन्छ । काजु खाँदा फाइबर हुन्छ, जसले ग्यास र कब्जियतको समस्या पनि हटाउँछ ।
-दैनिक ३-४ वटा काजु खाँदा तौल नियन्त्रणमा पनि मद्दत पुग्छ। काजु खाँदा मोटोपना कम हुन्छ । यसमा राम्रो फ्याट र कार्बोहाइड्रेट हुन्छ जसले मेटाबोलिजम बढाउँछ ।
-काजुमा भिटामिन ई र एन्टी-अक्सिडेन्ट गुण पाइन्छ, जसले तपाईंको छाला र कपाललाई स्वस्थ राख्छ । दैनिक काजु खाँदा छालामा चाउरी पर्ने समस्या कम हुन्छ ।
दिनमा कति काजु खाने ?
विशेषज्ञका अनुसार एक दिनमा ६ देखि ७ वटा काजु खान सकिन्छ । अत्यधिक काजु सेवनले स्वास्थ्यमा हानिकारक असर पुर्याउँछ । यसले फाइदाकाे सट्टा बेफाइदा गर्छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend