काठमाडौं । स्वास्थ्यका नौं उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आज मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका नौं उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मन्त्री बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा.बद्री रिजाल नियुक्त गरेका छन् । ,यसअघि ट्रमा सेन्टरमा मेसु डा। रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको मन्त्रालयले बताएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास स्वास्थ्य मन्त्रालय तानिएका छन् । यस्तै, राष्ट्रिय तालिम केन्द्रको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइएको छ। तालिम केन्द्रका निर्देशक डा। यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ।
परोपराकार प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. श्री अधिकारीले पाएका छन् । परोपकार प्रसुतिका निर्देशक डा। पवनजंग रायामाझी भने मन्त्रालय तानिएका छन् ।
औषधि व्यवस्था विभागको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ। विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend