Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलद्वारा ३० जनाविरुद्ध मुद्दा दर्ता


    बुधबार, जेष्ठ १० २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

    आज अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।

    उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनमा मुद्दा चलाउने निर्णय भएको र दर्ता गर्न लागेको कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधीश लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए।

    ‘प्रतिवेदनमा मुद्दा चलाउने निर्णय भएको छ। केहीबेरमा जिल्ला अदालतमा मुद्दा दर्ता गर्न जाँदै छौं,’ उनले भने।

    यो प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

    उक्त मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार