काठमाडौँ। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा आज प्रतिवेदन बुझाउने तयारी गरेको छ।
आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लामो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमध्ये गृह मन्त्रालयअन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान शनिबार सकाएको छ।
गत वर्ष जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुई जना पीडितले जाहेरी दिएका थिए। तर त्यतिबेला अनुसन्धान सुरू गरिएको थिएन। पछिल्लो पटक अनुसन्धान गरी पहिलो पटक केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ गत चैत १२ गते पक्राउ परेका थिए। यस प्रकरणमा प्रहरीमा १०६ जना पीडितले जाहेरी दिएका छन्।
त्यसपछि विभिन्न समयमा गरी १६ जनालाई पक्राउ गरिसकेको छ। यस प्रकरणमा उच्च राजनीतिक व्यक्ति एवं उच्च कर्मचारी तहका व्यक्तिसम्म पक्राउ परेका छन्।
नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन्।
यस्तै बिचौलिया बनेका सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। यसप्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन्।
प्रहरी स्रोतका अनुसार फरार रहेका केही व्यक्तिहरूविरूद्ध पुर्जी जारी नै गरिएको छ। तर प्रहरीले कम्तीमा १२ जनालाई फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाउन लागेको हो।
पीडितले जाहेरीसँगै बुझाएको अडिओमा कांग्रेस सांसदद्वय मञ्जु खाण र आरजु राणाले पनि रकम लिएको उल्लेख गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूले पनि उनीहरूको नाम लिएको स्रोत बताउँछ।तर उनीहरूविरूद्ध प्रमाण प्रहरीले पाएको छैन।
‘खाणहरूको जस्तै प्रमाण भएको भए पुर्जी बन्थ्यो होला। तर नभएकाले अगाडि बढेको देखिएन,’ स्रोतले भन्यो।
प्रहरीले यो प्रकरणको सुरूमा ठगी तथा संगठित अपराधको कसुर गरेको भन्दै अनुसन्धान सुरू गरेको थियो। तर अनुसन्धानको क्रममा उनीहरूले गम्भीर प्रकृतिका कसुरसमेत गरेको प्रहरीको ठहर छ। कतिपयलाई प्रहरीले राज्यविरूद्धको कसुर पनि आकर्षित गरेको छ।
प्रहरीले राज्यविरूद्धको कसुरसमेत आकर्षित भएको रायसहित मुद्दाको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको स्रोतले बतायो।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend