Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज


    आइतबार, जेष्ठ ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज आइतबारका लागि तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा पटकपटक स्थगित हुँदै आजएको उनीविरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको हो ।

    सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट टुङ्ग्याउन आदेश दिए पनि सन्दीपको पेसी दुईपटक स्थगित भएको छ । पहिलो पेसी उनका पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रो पेसी भने समय अभावका कारण नभ्याइनेमा राखिएको थियो ।

    गत वर्षको भदौमा एक नाबालिकलाई जबरजस्तीकरणी गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलिरहेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

    उक्त आदेशपछि सन्दीप थुनामुक्त भए पनि उनी कानुनी संघर्ष गरिरहेका छन् । फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेसीमा आफैं अदालतमा उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नुपर्छ ।

    आज तय भएको पेसी अगाडि नबढे सन्दीपले एकदिवसीय विश्वकप छनोटको तयारीस्वरूप खेलिने अभ्यास खेल गुमाउने सम्भावना छ । नेपाली टोली केही दिनमा अभ्यासका लागि दक्षिण अफ्रिका भ्रमणमा जाँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार