Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ओली र देउवासँगको बैठकलाई शंकाको दृष्टिकोणले नहेरिदिनुस्: प्रधानमन्त्री प्रचण्ड


    शनिबार, जेष्ठ ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष दलको बैठकलाई शंकाको दृष्टिकोणले नहेर्न आग्रह गरेका छन् ।

    शनिबार नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीन दलको बैठक सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्न मात्रै बस्ने गरेको बताएका हुन्।

    केपी शर्मा ओली, शेरबहादुर देउवा र आफ्नो नक्कली भुटानी शरणार्थी प्रकरणमा भित्र र बाहिर दोषीलाई कारबाही र निर्दोष नफसुन् भन्ने नै रहेको जानकारी गराए। प्रचण्डले आन्दोलनलाई सामसुम पार्न र कसैलाई बचाउन शीर्ष नेताको बैठक नबसेको प्रष्ट पारे।

    उनले भने, ‘सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्न हामी बैठक बसेका हौं। शंकाको दृष्टिकोणले नहेरौं। परिवर्तनलाई उल्टाउने दुस्साहस भइरहेको हामीले महसुस गरेका छौं। परिवर्तनको रक्षाका लागि योगदान पुर्‍याएका प्रमुख दलहरु मुख्यतः सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न नै हो। यसमा शंका गर्नुपर्ने कारण छैन। ’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार