काठमाडौं । हरेक सरकारी अस्पतालले शय्या उपलब्धबारे वेबसाइटमार्फत दैनिक सूचना उपलब्ध गराउनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अनिवार्य रूपमा वेबसाइटमार्फत शय्या भएको या नभएको विषय दैनिक उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका तथा रिक्त शय्या सङ्ख्याको विवरण वेबसाइटमा दैनिक अद्यावधिक गर्नुपर्ने जानकारी दिए। उहाँले अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका गर्न सङ्घीय अस्पतालमा बहिरङ सेवामा अनलाइन टिकट व्यवस्था आगामी १५ दिनभित्र गर्न निर्देशन दिएको बताए ।
उनले पहुँच भएकाले तत्कालै सहजै अस्पतालमा शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था रहेकाले दैनिक शय्याको अद्यावधिक गर्न निर्देशन दिएको बताए । अस्पतालको शय्या खोजीमा हिँड्दाहिँड्दै बिरामी मृत्यु हुने गरेको भन्दै उनले सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले आगामी सात दिनभित्र अनिवार्य रूपमा यस्तो विवरण वेबसाइटमा राख्न थाल्नुपर्ने जानकारी दिए । आजको गोरखापत्र देनिकमा समाचार छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend