Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एयरपोर्टबाट नूनदेखि सुनसम्म तस्करी, राजस्व अनुसन्धानको टोलीद्वारा ट्रक बरामद


    शुक्रबार, जेष्ठ ५ २०८०
    4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको रुट अहिले भन्सार छली गर्नेहरुका लागि स्वर्णमार्गका रुपमा रुपान्तरण भएको छ । जसको पछिल्लो उदाहरणको रुपमा बिहीबार राजस्व अनुसन्धान विभागले बरामद गरेका टीसर्ट, लेडिज टप्स लगायतका रेडिमेड कपडाहरु बोकेका तीन वटा ट्रक प्रकरणलाई लिन सकिन्छ ।

    राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ ७ बजे विशेष सूचनाका आधारमा ती ट्रकहरु बरामद गरेको थियो । ती ट्रकमा सामानको गलत घोषणा तथा भन्सार मूल्यांकन न्यून तिरेर ल्याइएको थियो । एजेन्ट नम्बर ४८० भएका ब्यापारी राम गुरुङको कम्पनीबाट उक्त सामान छुटाइएको भएता पनि ती ट्रकको जिम्मेवारी लिएर अहिले सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पा राजस्वबाट सामान विनाचेकजाँच छुटाउन शक्तिकेन्द्रमा धाइरहेका छन् ।

    ट्रक नम्बर ९६९०, ७१५१ र ५८३१ बाट ती सामान विमानस्थलबाट लोड हुनासाथ राजस्वको टोलीले बरामद गरेको थियो । सिल्कका रमेश शेर्पा ती सामान छुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री तथा स्वकीय सचिव गंगा दाहालसम्म पुगिसकेको स्रोतको दाबी छ भने अर्को संयन्त्र अर्थमन्त्रालयबाटै मिलाउन सकिन्छ कि भन्दै मन्त्री डा. प्रकाशशरण महतसम्म पुगेको स्रोतको दाबी छ । तर, यसअघि मल तस्करी प्रकरणमा सिल्क ट्रान्सपोर्टलाई साथ दिएर तीनवटा बीवाईडी गाडी समेत उपहार लिएको विषयबस्तु बाहिरिएपछि उनले राजस्वमा दबाब दिन आनाकानी गरिरहेकी छन् । मारवाडी मूलका ब्यापारीसमेत रहेको उक्त सामानका वास्तविक आयातकर्ताले रमेश शेर्पालाई ठूलो धनराशी खर्च गर्नेगरी उक्त सामान छुटाउन शक्तिकेन्द्रमा परिचालन गरेको बताइन्छ ।

    राजस्व अनुसन्धानलाई उक्त गाडी छाडिहाल्न पनि असहज यसकारण पनि भएको छ कि उक्त सूचना विभागलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगनिकट स्रोतबाट प्राप्त भएको थियो । भन्सारछली भएकै यथेष्ट प्रमाणसहित राजस्वलाई सूचना प्राप्त भएकाले ती गाडी चेकजाँच गरेर सामान डिक्लीयर र राजस्व समेत निर्धारण गरेर मात्र छाड्नुपर्ने बाध्यतामा विभाग छ । विभागका महानिर्देशक नारायण सापकोटाले तीन वटा ट्रक राजस्वको टोलीले बरामद गरेको पुष्टि गरेका छन् ।

    स्मरण रहोस्, नेपालफेसले यसअघि बासु बस्नेत संचालक रहेको तथा अमृत कार्की र नवराज तिमल्सिनाले राजनीतिक तहमा सेटिङ मिलाउँदैआएको अमरदेव इन्टरप्राइजेजले चीनबाट रसुवागढी नाका हुँदै नेपाल भित्र्याएको सामग्रीका बारेमा प्रमाणसहित समाचार उजागर गरेपछि २ सय प्रतिशत जरिवाना असुल गरी सामान छाड्ने निर्णय भन्सार विभागले गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार