काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको रुट अहिले भन्सार छली गर्नेहरुका लागि स्वर्णमार्गका रुपमा रुपान्तरण भएको छ । जसको पछिल्लो उदाहरणको रुपमा बिहीबार राजस्व अनुसन्धान विभागले बरामद गरेका टीसर्ट, लेडिज टप्स लगायतका रेडिमेड कपडाहरु बोकेका तीन वटा ट्रक प्रकरणलाई लिन सकिन्छ ।
राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ ७ बजे विशेष सूचनाका आधारमा ती ट्रकहरु बरामद गरेको थियो । ती ट्रकमा सामानको गलत घोषणा तथा भन्सार मूल्यांकन न्यून तिरेर ल्याइएको थियो । एजेन्ट नम्बर ४८० भएका ब्यापारी राम गुरुङको कम्पनीबाट उक्त सामान छुटाइएको भएता पनि ती ट्रकको जिम्मेवारी लिएर अहिले सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पा राजस्वबाट सामान विनाचेकजाँच छुटाउन शक्तिकेन्द्रमा धाइरहेका छन् ।
ट्रक नम्बर ९६९०, ७१५१ र ५८३१ बाट ती सामान विमानस्थलबाट लोड हुनासाथ राजस्वको टोलीले बरामद गरेको थियो । सिल्कका रमेश शेर्पा ती सामान छुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री तथा स्वकीय सचिव गंगा दाहालसम्म पुगिसकेको स्रोतको दाबी छ भने अर्को संयन्त्र अर्थमन्त्रालयबाटै मिलाउन सकिन्छ कि भन्दै मन्त्री डा. प्रकाशशरण महतसम्म पुगेको स्रोतको दाबी छ । तर, यसअघि मल तस्करी प्रकरणमा सिल्क ट्रान्सपोर्टलाई साथ दिएर तीनवटा बीवाईडी गाडी समेत उपहार लिएको विषयबस्तु बाहिरिएपछि उनले राजस्वमा दबाब दिन आनाकानी गरिरहेकी छन् । मारवाडी मूलका ब्यापारीसमेत रहेको उक्त सामानका वास्तविक आयातकर्ताले रमेश शेर्पालाई ठूलो धनराशी खर्च गर्नेगरी उक्त सामान छुटाउन शक्तिकेन्द्रमा परिचालन गरेको बताइन्छ ।
राजस्व अनुसन्धानलाई उक्त गाडी छाडिहाल्न पनि असहज यसकारण पनि भएको छ कि उक्त सूचना विभागलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगनिकट स्रोतबाट प्राप्त भएको थियो । भन्सारछली भएकै यथेष्ट प्रमाणसहित राजस्वलाई सूचना प्राप्त भएकाले ती गाडी चेकजाँच गरेर सामान डिक्लीयर र राजस्व समेत निर्धारण गरेर मात्र छाड्नुपर्ने बाध्यतामा विभाग छ । विभागका महानिर्देशक नारायण सापकोटाले तीन वटा ट्रक राजस्वको टोलीले बरामद गरेको पुष्टि गरेका छन् ।
स्मरण रहोस्, नेपालफेसले यसअघि बासु बस्नेत संचालक रहेको तथा अमृत कार्की र नवराज तिमल्सिनाले राजनीतिक तहमा सेटिङ मिलाउँदैआएको अमरदेव इन्टरप्राइजेजले चीनबाट रसुवागढी नाका हुँदै नेपाल भित्र्याएको सामग्रीका बारेमा प्रमाणसहित समाचार उजागर गरेपछि २ सय प्रतिशत जरिवाना असुल गरी सामान छाड्ने निर्णय भन्सार विभागले गरेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend