काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रु.दुई करोड घूस मागेको प्रकरणमा कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
उक्त घूस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो। रास्वपाले सांसदबाट पनि हटाएको थियो।
उनको स्थानमा विन्दबासिनी कंसाकारलाई पठाउने निर्णय गरेको थियो। रास्वपाको निर्णयका आधारमा निर्वाचन आयोगले पनि नयाँ सांसद निर्वाचित भएको घोषणा गरेको थियो।
त्यस विरुद्ध श्रेष्ठले वैशाख २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश दिएका थिए।
त्यससँगै विपक्षीका नाममा कारण देखाउ आदेश पनि दिएका थिए। अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएका थिए।
त्यही रिटमाथि आज न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलास सुनुवाइ चलिरहेको छ।
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन् । आज सामाजिक...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ। काँग्रेस संसदीय...
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend