धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले आज (शुक्रबार) पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् ।
शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने बताए । ‘प्रदेश सरकार विस्तारको विषयमा साथीहरुको जिज्ञासा छ । आज पूर्णता पाउँछ । सत्ता गठबन्धनमा आवद्ध सबै दललाई समेट्छौं,’ शाहले भने ।
रेशम चौधरीको आजीवन कारबासको सजायँ सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका कारण सरकारमा सहभागी हुँदैन कि भन्ने जिज्ञासामा शाहले आफू नाउपा सरकारमा सहभागी हुनेमा विश्वस्त रहेको पनि बताए ।
सत्ता गठबन्धनमा भागबण्डासमेत मिलिसकेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन् । आज सामाजिक...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ। काँग्रेस संसदीय...
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend