काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएपछि पक्राउ परेका १४ जनालाई प्रहरीले आज बुधबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा हालसम्म पक्राउ परेका १४ जनालाई नै प्रहरीले आज अदालतमा उपस्थित गराउन लागिएको हो।
पक्राउ परको एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिएपनि अनुसन्धान नसकिएका कारण पुनःम्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो।
हालसम्म पक्राउ परेका १४ जनामध्ये पूर्वसांसद् शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ। शेर्पाको बयानपनि आज लिने तयारी रहेको बताइएको छ।
यी हुन् उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेहरूको नाम:
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी
पूर्वगृहमन्त्री बालकृष्ण खाँण
खाँण गृहमन्त्री हुँदाका गृहसचिव टेकनारायण पाण्डे
तत्कालीन निजी सचिव नरेन्द्र केसी
टोपबहादुरका छोरा सन्दीप रायमाझी
कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा
तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई
केशव दुलाल
सानु भण्डारी
सन्देश शर्मा
सागर राई
टंक गुरुङ
रामशरण केसी
गोविन्द चौधरी
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend