काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको बयान पूरा भएको छ । मंगलबार राति १० बजे बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले बताए ।
सोमबार (जेठ १) मा पनि सरकारी वकिलको रोहबरमा प्रहरीले उनलाई बयान गराएको थियो । तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाणले बयान गर्न अस्वीकार गरेपछि भोलिपल्ट पुनः बयान लिइएको हो । शरणार्थीको नाममा ठगेको घटनामा खाणले इन्कारी बयान दिएका छन् । ‘बयानमा उहाँले आफ्नो कसुर अस्वीकार गर्नुभएको छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘विभिन्न कोणबाट उहाँसँग दिनभर बयान लिएका थियौँ ।’
पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन फेरवदल गरेर तत्कालीन गृहमन्त्री खाण, मन्त्रालयका सचिव टेकनारायण पाण्डे र स्वकीय सचिव नरेन्द्र केसीसँगको मिलेमतोमा गिरोहले ठगीधन्दा चलाएको प्रहरीको दाबी छ ।
उक्त ठगीमा संलग्न मध्येका आरोपी पूर्व सभासद् आङटावा शेर्पाको बयान भने बाँकी छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend