Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • ओली भन्छन्- मदन भण्डारी हत्याको सत्यतथ्य बाहिर आउनेछ


    बुधबार, जेष्ठ ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंं । पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्व. मदन भण्डारीको हत्याबारे खोजी हुने र समयक्रममा सत्यतथ्य बाहिर आउने बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    “मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँहरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो । नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर,” ओलीले भने, “यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।”

    उनले देश बनाउने संकल्प बोकेर हिँडेका नेताहरू गुमाएको दिनका रूपमा यस दिनलाई स्मरण गरे । ओलीले भण्डारीको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना अधुरै रहेको पनि बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार