काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेको एक साता भइसकेको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भए पनि कांग्रेसले कुनै निर्णय गरेको छैन । उनलाई निलम्बन गर्न पार्टीभित्रैबाट माग भइरहे पनि निलम्बन नगर्नुको कारण कांग्रेस प्रवक्ता रामशरण महतले बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले, खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताएका छन् । उनले भने, ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो ।’ यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताउँदै महतले त्यसमा कांग्रेसले पनि सहयोग गर्ने बताए ।
गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।
खाँण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend