Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • मधेस प्रदेशसभाको बैठक आज बस्दै


    मंगलबार, जेष्ठ २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। मधेस प्रदेशको प्रदेशसभा बैठक आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

    एक महिनादेखि स्थगित रहेको प्रदेशसभा बैठक आजका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    प्रदेशसभाका सचिव रंजितकुमार यादवका अनुसार आजको बैठकमा मुख्यमन्त्री तथा महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीसमेत रहेका सरोजकुमार यादवले ‘प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    यस्तै, आजको बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए।

    गठबन्धन दलमा फेरबदल भएपछि मधेस सरकारबाट बाहिरिएको एमालेले सोमबार मात्र मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार