Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • प्रहरी हिरासतमा रहेका आङटावाको टाउकोमा चोट, राति नै अस्पताल पुर्‍याइयो


    मंगलबार, जेष्ठ २ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा सोमबार आफैँले प्रहरी समक्ष आत्मसमर्पण गरेका पूर्व सभासद् आङटावा शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्‍याइएको छ।

    काठमाडौं प्रहरीका अनुसार उनी डिस्चार्ज पनि भइसकेका छन्। काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बिहान ४ बजे अस्पताल लगिएको बताए।

    टाउकोमा चोट लागेकाले उनलाई तत्कालै वीर अस्पताल पुर्‍याइएको उनले जानकारी दिए। ‘तर उहाँ डिस्चार्ज भइसक्नु भएको छ’, एसपी रिजालले भने । प्रहरीले आङटावा बाथरुममा लडेका कारण घाइते भएको दाबी गरेको छ।

    ‘बाथरुम जाँदा चिप्लिनु भएछ’, उनले भने।

    उनी प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    शेर्पाविरुद्ध शुक्रवार पक्राउ पूर्जी जारी हुनु भन्दाअघि नै उनी फरार भएका थिए भने चार दिनपछि आफैं आत्मसमर्पण गरेका थिए ।

    शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमै भेटेर पूर्व गृहमन्त्री बालकृष्ण खाँडलगायत कांग्रेस नेताहरूलाई उनीहरुको वयानमा नपोल्न दवाव दिएको आरोप लागेको छ ।

    रामेछापका उनी नेपाली कांग्रेसका पूर्व सभासद् हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार