Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पक्राउ परेका टोपबहादुरको बयान राति नै सकियो, खाँणको मात्र बाँकी, सोधपुछ गर्न खोज्दा खाँण परे बिरामी


    मंगलबार, जेष्ठ २ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। शरणार्थीका नाममा भएको ठगी प्रकरणमा आइतबार राति पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान लिने कार्य हिजो राति सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको थियो ।

    हिजो सोमबार अपराह्नदेखि बयान लिन सुरु गरिएको थियो । राति करिब ९ बजेतिर बयान लिने कार्य सकिएको सो कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानले जानकारी दिए ।

    “उहाँ (टोपबहादुर रायमाझी)को बयान हिजो (सोमबार) राति ९ बजे सकिएको हो,” उनले भने ।

    उनका अनुसार थुनामै रहेका तथा यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबाहेक सबैको बयान लिने कार्य सकिएको छ । खाँणको बयान लिने कार्य आज सकिने उनले बताए । बयानका लागि सोधपुछ गर्न खोज्दा खाँणले बिरामी भएको र बयान दिन नसक्ने जनाएकाले बयान रोकिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

    यस्तै रायमाझीलाई गएको आइतबार बेलुका प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी हाल प्रहरी हिरासतमै छन् ।

    नेपाली कांग्रेसका नेता समेत रहेका खाँण पनि प्रहरी हिरासतमै छन् । पछिल्लोपटक उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालते अनुमति दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आज पनि उनको बयान लिने कार्य हुनेछ ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा प्रहरीले छानबिन गरिरहेको छ । शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार