काठमाडाैं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफुलाई समेत जोडेपछि आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेकी छिन् । उनले शरणार्थी प्रकरण देशका लागि नै लज्जाको विषय भएको बताइन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद देउवाले आफ्नो नाममा बनाइएको अडियो टेपको वास्तविकता ६ दिनसम्म पत्ता लगाउन नसकेको भन्दै प्रहरीको ध्यानाकर्षण गराइन् ।
‘आज म उपस्थित भएको सबैले देख्नुभएको होला । फिजिकल फर्ममै छु । यहाँबाट के भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा रहेछ । यो देख्दा के लाग्यो भने फेक मिडियामा सरकारको सुपरभिजन हुनुपर्यो,’ आरजुले भनिन् ।
सामाजिक सञ्जालहरूमा आरजु फरार भन्ने खालका सन्देश आएपछि उनले आफू संसदमा सशरीर उपस्थित भएको बताएकी हुन् । शरणार्थी प्रकरणको भनिएको अडियोमा अरूको पनि सार्वजनिक भएकोमा आफ्नो मात्र नाम उच्चारण गरिएको भन्दै उनले आक्रोश पोखिन् ।
‘
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend