Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपा सांसद मनीष झा भन्छन्- शरणार्थी ठगी प्रकरणमा संदीग्धहरूको नाम किस्तामा नआओस्


    सोमबार, जेष्ठ १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीषकुमार झाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका आरोपितहरूलाई प्रमाण नष्ट गर्ने भाग्ने सुविधा दिने नियतले किस्तामा नाम सार्वजनिक गरिएको आशंका गरेका छन्।

    प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले आरोपीहरूले मोबाइल फर्म्याट गर्ने, लुक्ने र आफ्नो सुविधाअनुसार सार्वजनिक हुने मौका पाएको भन्दै आश्चर्य व्यक्त गरेका हुन्।

    ‘केही त फरार छन् रे भन्ने सुनिन्छ। यस्तो किन हुन्छ?,’ उनले संसद् बैठकमा भने, ‘तीन दलका शीर्ष नेता पटक-पटक भेटिरहेको समाचार हामी सुन्छौं। देशमा आपत परेका बेला, बाढीपहिरो, भूकम्प, अन्तर्राष्ट्रिय जगतसँग सम्बन्धी विपद परेका बेला त उहाँहरू यसरी तारन्तार भेट्नुहुन्न! अहिले किन यसमा उहाँहरूको यस्तो आकर्षण देखिन्छ?’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार