Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्दै भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन


    सोमबार, जेष्ठ १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले आज भ्रष्टाचारविरुद्ध काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् ।

    उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो ।

    उक्त प्रदर्शनमा एमाले नेताहरु महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्य, अनेरास्ववियु अध्यक्ष समिक बडाल लगायत सहभागी छन् ।

    यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई उम्काउने र कसैलाई फसाउने नियतका साथ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसमा खबरदारी गर्न उनले युवाहरुलाई आह्वानसमेत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार