Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • टोपबहादुर पक्राउ पछि दीपकराजले गरे व्यङ्ग्य- भूमिगत हुँदाको त्यत्रो अनुभवले काम गरेन


    सोमबार, जेष्ठ १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कलाकार तथा निर्देशक दीपकराज गिरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेपछि व्यङ्ग्य गरेका छन्।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यङ्ग्य गरेका हुन्।

    कलाकार गिरीले लेखेका छन्, ‘आखिर टोपबहादुरजीको त्यत्रो भूमिगत भएको अनुभवले पनि काम गरेन।’रायमाझी १० वर्षे गृहयुद्धमा सक्रीय भएका नेताहरूमध्ये एक हुन्। सोही कुरालाई लिएर उनले व्यङ्ग्य गरेका हुन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ।

    उक्त प्रकरणमा मुछिएसँगै पार्टीले उनलाई निलम्बन समेत गरिसकेकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार