काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।
‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
रायमाझी २० वैशाखका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो । उनी सोही दिन अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना प्रहरीले पाएको थियो ।
तर, भैरहवा आएपछि उनी सम्पर्कविहीन हुँदै फरार भएका थिए । प्रहरीले रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा उनलाई नियन्त्रणमा लिन सर्कुलर गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले रायमाझीलाई प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा उनी शनिबार काठमाडौं प्रवेश गरेको सूचना पाएको र उनलाई पक्राउ गरिएको जानकारी दिएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend