Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिरासतमा रहेका बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइयो


    आइतबार, बैशाख ३१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ । खाँणलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको हो ।

    प्रहरीले म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका खाँणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि म्याद थप गर्न लागिएको हो ।

    खाँणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार