काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी,काँग्रेस नेतृ तथा सांसद डा. आरजू राणा देउवाले अमूक व्यक्तिलाई चेतावनी दिएकी छन् । श्रीमती देउवाले एकाध जना विरोध गर्दैमा र उफ्रिँदैमा केही नहुने उल्लेख गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत् उनले व्यक्ति वा संस्थाको नाम उल्लेख नगरी आफूविरुध्द एकाध उफ्रिँदैमा केही फरक नपर्ने धारणा व्यक्त गर्दै लेखेकी छन्, ‘म यो देशमा १०४ वर्ष शासन गर्ने पुर्खाको सन्तान हुँ,मेरो श्रीमान राणा शासन ढाल्ने योध्दा । २, ४ जना बिदेशी फ्याउराहरु उफ्रिँदैमा मेरो र मेरो श्रीमानको खुट्टाको रौं पनि झर्दैन, चेतना भया ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भिआइपीहरुको नाम सार्वजनिक हुने क्रममा उनले उक्त चेतावनी दिएकी हुन् । आफू निकट पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत एक दर्जन प्रहरी खोरमा पुगेका छन् । अरु आधा दर्जनमाथि आरोप लागेको छ ।
स्वयम् डा. आरजू र खाँणकी श्रीमती मञ्जुमाथि उक्त काण्डमा क्रमशः २ करोड र ६ करोड बुझेको गम्भीर आरोप छ । आरोप लगाइएको भ्वाईस रेकर्डमाथि प्रहरीले आवश्यक छानबिन र अनुसन्धान थालेको जानकारी प्राप्त छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend