Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आन्दोलनमा सहभागी हुन पुगेका बाबुराम भट्टराईकै विरोध


    शनिबार, बैशाख ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् ।

    आज शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाद्वारा आयोजित भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत् आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

    स्थिर सरकार नहुँदा नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष रूपमा छानबिन हुने कुरामा शंका रहेको उनले उल्लेख गरे । वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भई कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने उनको धारणा छ ।

    जनताले खबरदारी गरिरहे भ्रष्टाचारी बच्न नसक्ने पनि उनले बताए ।

    “आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन्,” उनले भने, “हामीले यो गर्न सके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ । अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार । त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ ।”

    आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति नागरिक खुसी थिएनन् । उनीहरूले यस्ता गतिविधिमा डा. भट्टराई र उनकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै विरोध जनाएका थिए ।

    एक प्रदर्शनकारीले भने, “भुटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरू हुन् । यिनीहरूको विरुद्धमा जनता जाग्नुपर्छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार