Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- नेपाल–भारत सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ


    शनिबार, बैशाख ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीच भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन् ।

    आज काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा लिखित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीच भौगोलिक सीमालाई सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी हुन् ।

    दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन भौगोलिक सीमासम्बन्धि सबै समस्याहरू हल गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

    ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन् । संसद्‍ले देशको नक्सामा समाविष्ट गरेर संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको छ,’ उनले भनिन्, ‘दुई देशबीचको भौगोलिक सिमानालाई सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नु पर्दछ । दुईदेशबीच सदिऔंदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन महत्वपूर्ण योगदान पुर्‍याउने मैले विश्वास लिएको छु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार