Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • वामदेव गौतम भन्छन्- मलाई फेरि एमालेमा जान गाह्रो हुँदैन


    शनिबार, बैशाख ३० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफूलाई फेरि पनि नेकपा (एमाले) मा फर्कन कुनै गाह्रो तथा बाधा नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू फेरि नेकपा एमालेमा फर्कन सक्ने संकेत गरेका हुन् ।

    ‘मनमोहन अधिकारी, माधव नेपाल, केपी ओलीहरु भएर हामीलाई निष्कासन गरेपछि हामीले अर्को पार्टी बनाउन बाध्य भयौं । किनकी मुख्य पार्टी नेकपा (एमाले) बनाउने मदन भण्डारी, जीवराज आश्रित हुनुहुन्नथ्यो । त्यो हामीले निर्माण गरेको नेकपा (एमाले) थियो । हामी बाध्य भएर निष्काशित भएपछि अर्को पार्टी बनायौं । जब त्यो चलाउन नसक्ने स्थिति आयो, फेरि आफैंले बनाएको पार्टी हो, नेता जोसुकै भएपनि के फरक पर्छ र ? हामी बरु कार्यकर्ता नै बनेर बसौंला भनेर फर्किएर नेकपा (एमाले) मा आयौं । मलाई फेरि नेकपा (एमाले) मा जान कुनै गाह्रो हुँदैन,’– उनले भने ।

    फरक प्रसंगमा उनले भ्रष्टाचार नगरेका नेताहरु पनि रहेका बताए । भ्रष्टाचारका सबै फाइल खोल्नका लागिसमेत उनले सरकारलाई आग्रह गरे ।
    ‘भ्रष्टाचारका सबै फाइल खोलिनु पर्छ । म फस्न परेछ भनेपनि फसौंला । जिन्दगीभर जेलमै विताउँला । भ्रष्टाचार सबैभन्दा ठूलो विष हो । यसले नेपाललाई समाप्त गर्छ,’– उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार