Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ


    शुक्रबार, बैशाख २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकीका नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् । आज शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले शपथ लिएका हुन् ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार