काठमाडौं। गण्डकी प्रदेशमा स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने लिष्टबाट बाहिरिएका छन् ।
प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मनाङेलाई मन्त्री नबनाएर तथा लिष्टबाट मनाङको नाम आउट गरेर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने भएका छन् । उनी तनहुँ २ (ख) बाट निर्वाचित भएका हुन्।
आज शुक्रबार बिहान ३ मन्त्री नियुक्त गरेर मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले अन्तत मन्त्री नबनाउने निश्कर्षमा पुगेको र तनहुँ–२ प्रदेश सभा २ का जीतप्रकाश आलेलाई मन्त्री बनाउने निश्चित भएको हो ।
आलेले मुख्यमन्त्रीको कार्यालयबाट सपथ खान खबर आएको पुष्टि गरेका छन् । शुक्रबार बिहान ३ मन्त्रीको नाम टुंगो लगाइसकेपछि मनाङेलाई मन्त्री बनाउने सन्दर्भमा शीर्ष नेतासँग पाण्डेले फोन संवाद थालेका थिए ।
मनाङेलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन् । तर, केन्द्रको गठबन्धन बिग्रन सक्ने भएकाले बनाउनुपर्ने दबाब उनीमाथि थियो । शुक्रबार बिहानसम्म पनि एकीकृत समाजवादीबाट मनाङे मन्त्री बन्न सक्ने पाण्डेले बताइरहेका थिए ।
४ बजेपछि नयाँ मन्त्रीको शपथ हुँदैछ। दीपक मनाङे मन्त्री बन्ने चर्चा भइरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इच्छा देखाएका थिएनन्।
नेपाली कांग्रेस तनहुँका सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छ। राष्ट्रपति पौडेलकै इन्ट्रेस्टमा उनी मन्त्री बन्न लागेका हुन्।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend