Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गरौं: लिङ्देन


    शुक्रबार, बैशाख २९ २०८०
    1.1K
    Shares
    Wedding Diary Nepal - Shahnawaz - all rights Reserved
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ठूला भ्रष्टाचार काण्ड छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आग्रह गरेको छ।

    अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाको टोलीले शुक्रबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्ने माग गरेको हो।

    ‘कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न,’ लिङ्देनले भने, ‘सबै ठूलाठूला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनुपर्‍यो।’

    उनले २०४६ साल पछिका नेता तथा कर्मचारीका सम्पत्ति छानबिन गर्नसमेत माग गरेका छन्।

    ‘०४६ पछिका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस्,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार