पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको स्रोतले बताएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।
मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । आज दिउँसो ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।
वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।
१५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
यस्तै मुख्यमन्त्री पाण्डेले यसअघि नेपाली कांग्रेसबाट सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला शिम्खडालाई मन्त्री नियुक्त गरिसकेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend