Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुटानी शरणार्थी प्रकरणमा संलग्न भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन


    शुक्रबार, बैशाख २९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै व्यक्तिलाई लगायत विभिन्न भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले)सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ।

    अनेरास्ववियुले काठमाडौंको त्रिचन्द्र कलेजअगाडि शुक्रबार विरोध प्रदर्शन गर्दैै सडक नै बन्द गरेको हो। उनीहरूले ‘वाइडबडी, शिविरमा भएको भ्रष्टाचार छानबिन गर, अपराधीको प्रोफाइल होइन, फाइल हेर’लगायतका नारा लगाएका थिए।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्।

    प्रकरणमा बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत प्रहरी हिरासतमा छन् भने एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्।

    अनेरास्ववियुले दोषी देखिएका सबैलाई कारबाहीको माग गर्दै यसअघि भएका भ्रष्टाचारसमेतको छानबिनको माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार