काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै व्यक्तिलाई लगायत विभिन्न भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले)सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ।
अनेरास्ववियुले काठमाडौंको त्रिचन्द्र कलेजअगाडि शुक्रबार विरोध प्रदर्शन गर्दैै सडक नै बन्द गरेको हो। उनीहरूले ‘वाइडबडी, शिविरमा भएको भ्रष्टाचार छानबिन गर, अपराधीको प्रोफाइल होइन, फाइल हेर’लगायतका नारा लगाएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्।
प्रकरणमा बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत प्रहरी हिरासतमा छन् भने एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्।
अनेरास्ववियुले दोषी देखिएका सबैलाई कारबाहीको माग गर्दै यसअघि भएका भ्रष्टाचारसमेतको छानबिनको माग गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend