काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज शुक्रबार पनि बस्दैछ। बैठक बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
यस्तै शुक्रबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले शनिबार बिहान मात्रै बस्ने भएको छ। ‘हिजै प्रतिवेदन पेश गर्ने क्रम सकेर आज समूहगत छलफल गरेपछि स्थायी कमिटी बैठक बस्ने तयारी थियो’, ज्ञवालीले भने, ‘अझै प्रतिवेदन पेश गर्ने र समूहगत छलफल गर्नै बाँकी रहेकाले भोलि बिहान स्थायी कमिटी बैठक बसेर दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्नेछ।’
शुक्रबारको बैठकमा दुईवटा भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए। उपमहासचिव ज्ञवालीका अनुसार आज बागमती, गण्डकी, सम्पर्क समन्वय र उपत्यका विशेष कमिटीले ग्रास रुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन्।
त्यसपछि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुनेछ। समूहगत छलफलका लागि आठ वटा समूह बनाइएको छ। समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निस्कर्षसहित सुझाव प्रस्तुत गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend