Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने एक युवक पक्राउ


    बिहिबार, बैशाख २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौँडा । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै कालो झण्डा देखाउन खोज्ने युवक पक्राउ परेका छन् ।

    उक्त आरोपमा आरजुलाई कालो झण्डा देखाउन खोज्ने हेटौँडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

    बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन बिहीबार हेटौँडा आएकी आरजुलाई कालो झन्डा देखाउन खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार