Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाले बोलायो केन्द्रीय समिति बैठक


    बिहिबार, बैशाख २८ २०८०
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।

    आगामी जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको पूर्ण बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।

    साथै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजनासमेत बैठकमा पेश गर्ने तयारी छ।

    सचिवालय प्रमुख हेमजङ गुरूङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ।

    बैठकमा पेश हुने सबै प्रतिवेदनमाथि खुला छलफल हुने श्रेष्ठले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार