काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गर्नुको साथै उक्त ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् ।
बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताए ।
यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उनले बताए ।
उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’
तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् ।
प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उनले बताए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend