Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • टोपबहादुर रायमाझीका सहयोगी केशव रायमाझी दुबई पुगे


    बुधबार, बैशाख २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी ठगी गिरोह पक्राउ गरेपछि उनीहरुकै बयानका आधारमा धेरै हाई प्रोफाइलहरु तानिइरहेका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँण आजै पक्राउ परिसकेका छन् । उनी गृहमन्त्री हुँदा उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

    पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई बैशाख १९ मा पक्राउ परिसकेका छन् । उनकै बयानका आधारमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् ।

    एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । टोपबहादुर भने बैशाख २० मा पक्राउ पूर्जी जारी भएपछि फरार छन् । उनी अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै एक कार्यक्रममा सहभागी भई भैरहवा आएका थिए । भैरहवाबाट काठमाडौंको हवाई टिकट काटिसकेका उनी मोवाइल अफ गरी फरार छन् । धेरैले उनी भारत पलायन भइसकेको भने पनि उनी भैरहवामै रहेको र संभवतः आजै उनलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरी छ ।

    त्यसैगरी, नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भनी करिब ९ सय ब्यक्तिबाट १ अर्बभन्दा बढी ठगी गर्नेहरुको बयानका आधारमा पूर्वगृहसचिव महेश्वर न्यौपाने पनि पक्राउ पर्ने सूचीमा छन् ।

    नक्कली भूटानी शरणार्थी बनाएर ठगी गर्नेमा टोपबहादुर रायमाझी हरेक पटक मन्त्री हुँदाका उनका निजी सचिव हाल गृहमन्त्रालयमा कार्यरत शाखा अधिकृत नारायण खत्री, स्वकीय सचिव केशव रायमाझी पनि संलग्न रहेको सूचना प्रहरीमा पुगेको छ । टोपबहादुर र उनका छोरा सन्दीपका बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि केशव रायमाझी भागेर दुबई पुगिसकेका छन् । नारायण खत्री र केशव रायमाझी उनी हरेक पटक मन्त्री हुँदा निजी र स्वकीय सचिव थिए । भूटानी शरणार्थी प्रकरणमा पनि उनीहरुको संलग्नता भएकाले केशव दुबई पलायन भइसकेका छन् ।

    टोपबहादुरले भौतिक पूर्वाधारदेखि ऊर्जामन्त्री हुँदा र भूटानी शरणार्थीको ठगीकाण्डमा गरी अकुत सम्पत्ति आर्जन गरेको र त्यो पैसाले भान्जाभान्जी र आफन्तका नाममा घरजग्गा जमिन किनेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार