Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ


    बुधबार, बैशाख २७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाँणलाई आजै बिहान उनकै निवासबाट पक्राउ गरिएको थियो । भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै खाँणका स्वकीय सचिव केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

    उक्त ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ । मञ्जुले ६ करोड र आरजुले २ करोड लिएको दाबी अडियोमा सुनिएको छ ।

    प्रकरणलाई सहज बनाउन खाँणले टेकनारायण पाण्डेलाई गृह सचिवमा ल्याएका थिए । उपराष्ट्रपति कार्यालयको बहालवाला सचिव रहेकै बेला पाण्डेलाई प्रहरीले एक हप्ता नै अघि पक्राउ गरिसकेको छ।

    यसमा जोडिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्र राई पनि पक्राउ परेका छन् ।

    प्रकणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने अहिले फरार छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार