Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो


    सोमबार, बैशाख २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवानै फर्किएको छ ।

    उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको स्रोतले जनाएको छ।

    भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको स्रोतले बतायो । यात्रुहरू जहाजभित्रै छन् ।

    चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन ।

    जहाज रनवेमै रहेकाले अरु उडान अवतरण प्रभावित भएको छ । काठमाडौंबाट भैरहवा गएको एती एयरलाइन्सको एउटा जहाजले आकाशमा फन्को लगाइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार