काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणाथा बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका भिआइपीलाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ ।
ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारका उच्च पदस्थ अधिकारीतर्फ पनि सोझिएपछि उनीहरूलाई बचाउन शीर्ष तहका नेताहरूले मोलमोलाइ गर्न थालेका हुन् ।
शक्ति केन्द्रदेखि लिएर सत्ता र प्रतिपक्षीबीच मोलमोलाइ सुरू भएको स्रोत बताउँछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ठगी गरिरहेको गिरोहका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अहिलेसम्मको अनुसन्धानले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ ।
सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाहकार राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ । टोपबहादुर रायमाझी, प्रतीक थापा, निरज राईविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend