Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका नेता टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ


    बिहिबार, बैशाख २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो ।

    नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका उनलाई अहिले काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

    उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ । रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार