काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य एक डायरीसँग जोडिएको छ ।
पूर्वगृहमन्त्रीहरू र गृहसचिवहरूको संलग्न भएको यो घटना गुपचुप पार्ने प्रयास नभएको पनि होइन । पक्राउ परेका मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङले घटना गुपचुप पार्न अनेक प्रयास र प्रयत्न गरेको प्रहरी उच्च स्रोतको दाबी छ ।
अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो । यसै क्रममा प्रहरीले गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लिएपछि अनुसन्धान पूरा नगरी मुद्दा चलाउने अवस्था रहेन ।
शर्मासँगको बयानपछि प्रहरीले पक्राउ परेका सानु भण्डारीको घर तलासी गर्दा एउटा डायरी फेला पा(यो, जसमा रकम लिएका उच्च पदस्थ अधिकारीको विवरणसहितको ठगिएको रकमसमेत फेला प(यो ।
जसमा मोरङका केशव दुलाल र पूर्वगृहसचिव पाण्डेको लेनदेनका थुप्रै प्रमाण फेला परे । दाङका सन्देश शर्मा, टोपबहादुर र राईबीचको लेनदेनका प्रमाणसमेत प्रहरीले सुरक्षित राखेको जनाएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गिरोहमा पूर्वगृहमन्त्रीहरू, अन्य पूर्वगृहसचिवहरूको पनि संलग्नता देखिएको छ । कतिपय प्रमाण अप्रत्यक्ष खालका देखिएकाले प्रहरीले ठोस प्रमाण सङ्कलन गरिरहेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend