Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बादल र रायमाझीबारे पूर्वएआइजी लोहनीको टिप्पणीः जस्तो गर्यौ, उस्तै भोग्यौ


    बुधबार, बैशाख २० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी र सोही पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकबिरुद्ध उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेपछि राजनीतिक क्षेत्रमा तरंग पैदा भएको छ । छोरा प्रतीक थापाबिरुद्ध पक्राउ पूर्जी जारी भएपछि बादलले पनि उन्मुक्ति पाउने संभावना क्षीण देखिएको छ ।

    २०७६ फागुनमा तत्कालीन केपी शर्मा ओलीको सरकारका गृहमन्त्री थापाकै कार्यकालमा नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर प्रतिब्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म लिएका केशव दुलाल, सानु भण्डारी, सागर राईसहितले सयौं ब्यक्तिलाई ठगी गरेका थिए । उनीहरुले उक्त ठगी गरेको रकम पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा निरज राई, बादलका छोरा प्रतीक थापा, पूर्वगृहसचिवद्वय टेकनारायण पाण्डे, महेश्वर न्यौपानेलाई बुझाएको बयान दिएपछि प्रहरीले पहिलो चरणमा इन्द्रजीत राई र टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ । प्रहरीले राईलाई मंगलबार र पाण्डेलाई बुधबार नियन्त्रणमा लिएको छ । एमाले सचिव रायमाझी र बादलका छोरा प्रतीकबिरुद्ध बुधबार पक्राउ पूर्जी जारी भएको छ ।

    सल्लाहकार इन्द्रजित र पूर्वगृहसचिव पाण्डे पक्राउ परेको, बादलका छोरा र रायमाझीका बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेपाल प्रहरीका पूर्व एआइजीपी दिवेश लोहनीले सामाजिक संजालमा ब्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाउनेहरुलाई पक्राउ गरिसकेपछि एआइजी दिवेश लोहनीले त्यससँग सम्बन्धित समाचार सेयर गर्दै लेखेका छन्–उहाँहरुको कुरा पनि सुनियोस्, बयान पनि लिइयोस्, आफ्नो भनाइ राख्ने मौका नै नदिइकन एकै पटक झुक्याएर अदालतमा नलगियोस्, सरकारले चलाएको मुद्दा हो जसरी पनि थुनामा राख्नू भनी कुनै लुते न्यायाधीशको बेन्चमा मुद्दा पारी दबाब नदिइयोस्, कम्तीमा उहाँहरुको हातमा राज्यसत्ता भएको बेलामा जस्तो गज्जबको अनुसन्धान चै नहोस् । बाँकी जैसे करनी वैसे भरनी त भैहाल्छ ।’

    गएको चैत ११ गते अवकाश भएका पूर्वएआईजी लोहनीलाई ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डमा अनाहकमा पक्राउ गरी थुनिएको थियो । पछि उच्च अदालत बिराटनगरले लोहनीसहित प्रायः सबै प्रहरीलाई सफाइ दियो । तर निर्दोष हुँदाहुँदै पनि पक्राउ गरी थुनामा राखिंदा उनको क्यारियर नै चौपट भएको थियो । उनीसँगैका अधिकृत डीआईजी, एआइजी हुँदै आइजीपीसम्म हुँदा उनी निलम्बनमा थिए । आफ्नो समूहका अब्बल प्रहरी अधिकृत थिए लोहनी । उनलाई सुनकाण्डमा जेल हाल्दा रामबहादुर थापा गृहमन्त्री थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार