Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण : सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति


    बुधबार, बैशाख २० २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

    नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको प्रकरणमा संलग्न भएको आरोपमा पाण्डेलाई प्रहरीले आज पक्राउ गरेको हो।

    यस्तै मंगलबार पक्राउ परेका पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई भने चार दिनको म्याद दिएको हो। उनीहरूसँगै प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ।

    यस्तै नेता एवं उच्च पदस्थका व्यक्तिहरू समेत मुछिएका छन्। प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, इन्द्रजितका छोरा निरज लगायतविरूद्ध पुर्जी जारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार