Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिपार्टमेन्टल स्टाेरकाे ठगी: ३ सय ८० काे सामान ६ सय ५ मा


    मंगलबार, भाद्र १६ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुरकाे सातदाेवाटाे स्थित रहेकाे एक ठूलाे व्यापारिक मल वा डिपार्टमेन्टल स्टाेरले खुलेअामा उपभाेक्ता ठगीरहेकाे छ । राष्टिय उपभाेक्ता मञ्चका अध्यक्ष प्रेमलाल महार्जनले उक्त ठगीकाे खुलासा गरेका हुन् । सातदोबाटोस्थित सेलवेज डिपार्टमेन्टल स्टोरले खुद्रा मूल्य ३ सय ७० रुपैयाँमा पाइने बच्चालाई खुवाउने सेरलेकको ६ सय ५ रुपैयाँ लिने गरेको पाइएको छ । 

    अध्यक्ष महर्जनले प्रमाणसहित समाजिक सञ्जालमा उक्त ठगीकाे खुलासा गरेका हुन् । उनले समाजिक सञ्जालमा पाेष्ट गरेकाे प्रमाणमा सेलवेज क्यास एण्ड क्यारी प्रा.लि.ले ठगी गरेकाे उल्लेख छ।

    उनका अनुसार बजारमा ३ सय ७० रूपैयां भन्दा बढी नपर्ने सेरेल्याकलाइ ६०५ रूपैयाँ डिपार्टमेन्टल स्टाेरले लिएकाे हाे । उनले बालबच्चाहरूकाे लागी नभइ नहुने किन्न गयाे ठगीमा पर्ने, कस्ताे दिक्क लाग्ने गुनासाे पाेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार