Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज १०३ जनामा कोरोना संक्रमण, ६१ जना निको


    बिहिबार, बैशाख ७ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार ६४५ नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो ।

    जसमा ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ।

    योसँग कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।

    सोही अवधिमा ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार